World Environment Day-2018 "BEAST PLASTIC POLLUTION"
विश्व पर्यावरण दिवस २०१८
“BEAST PLASTIC POLLUTION“
पर्यावरण संरक्षणको बारेमा जागरूकता बढाउनको लागि, प्रत्येक वर्ष ५ जुन विश्व पर्यावरण दिवसको रूपमा मनाईन्छ। विश्व पर्यावरण दिवस विश्वव्यापी जागरूकता तथा प्रोत्साहन र सुरक्षाको लागि संयुक्त राष्ट्रसंघ को सबै भन्दा महत्वपूर्ण दिन हो । सन् १९७४ मा सुरु भएको यो दिन पर्यावरणीय चेतना तथा परिवर्तनका लागि महत्त्वपूर्ण विश्वव्यापी आधार बन्न पुगेको छ जुन विश्वका १०० भन्दा बढी देशहरूमा व्यापक रूपमा मनाउदै आएको पाईन्छ ।यस वर्ष भारत ग्लोबल होस्ट हो र यस वर्षको नारा BEAST PLASTIC POLLUTION हो।
वातावरण हामीसँग भएको सबैभन्दा महत्त्वपूर्ण खजाना मध्ये एक हो तर मानव जातिले यसलाई बेवास्ता गर्दै यसको अन्त गर्दैछन। वातावरण एक प्राकृतिक चिज हो जहाँ मानव जातिले आफ्नो कल्याणका लागि अनेकन क्रियाकलाप गर्ने गर्दछन। आज विश्वका अधिकांस राष्ट्रहरुले विकासको नाउँमा नयाँ पिढी तथा भविष्यमा आउनसक्ने पर्यावरणीय असन्तुलनताको अबस्थालाई अन्देखा गरि प्राकृतिक श्रोतलाई दोहन गरि पर्यावरणमा असन्तुलनताको अवस्था सिर्जना गरिरहेको पाईन्छ। प्रकृतिमा कतिपय त्यस्ता श्रोतहरु उपलब्ध छन् जुन दैनिक रुपमा त्यसको उत्खनन र प्रयोगले निकट भविस्यमानै ति श्रोतहरु सकिदैछन । तसर्थ कुनैपनि राष्ट्रले देशको चौतर्फी विकास गर्न वाताणको संरक्षण गर्न जरुरी छ। त्यसका लागि जति पनि प्राकृतिक श्रोतहरु छन त्यसको संरक्षण र भावी पिढीका लागि सुरक्षित राख्नु हरेक राष्ट्र र त्यस देशका नागरिकहरुको कर्तब्य हुन आउछ ।
पर्यावरणीय असन्तुलनले हाम्रो वाताबरण निरन्तररुमपा परिवर्तन भै राखेको छ जसका कारण आज हामि प्राकृतिक प्रकोपकोहरु, मौसम परिवर्तन लगाएतका विभिन्न समस्याहरु झेल्नु परिरहेको छ । हाल विश्वमा प्रमुख रुपमा रहेका समस्याहरुमा
१. प्रदुषण २. ग्लोबल वार्मिंग ३. प्राकृतिक संसाधन बिनाश ४. फोहर मैला ब्यबस्थापन ५.मौसम परिवर्तन ६.जैविक विविधताको कमी ७.बनजंगल फडानी ८. समुद्र अम्लीकरण ९.ओजन तहको बिनाश १०. अम्ल वर्षा ११. पानी प्रदुषण १२. जनस्वास्थ्य संग सम्बन्धित समस्याहरु रहेका छन् ।
Comments
Post a Comment